
प्युठान । प्युठानको ऐरावती गाउँपालिकाले पालिकाभित्र बालविवाह भएको वा बालविवाह हुन लागेको छ भन्ने पूर्वसुचना दिने व्यक्तिलाई पुरस्कार दिने भएको छ ।
सोमबार सम्पन्न गाउँपालिकाको १४ औं गाउँसभाले पालिकाभित्र बालविवाह न्यूनिकरणका लागि बालविवाह भएको वा हुन लागेको छ भनेर पूर्व जानकारी दिने व्यक्तिलाई नगद रु २५ हजार पुरस्कार दिने निर्णय गरेको हो ।
गाउँपालिकामा बालविवाह गर्नेको संख्या अत्याधिक बढेपछि रोकथाममा लागि बालविवाह गर्नेको सुचना दिने व्यक्तिलाई पुरस्कारको ब्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले बताउनुभएको छ । बालविवाह भएको, हुदै गरेको वा हुने जानकारी गाउँपालिकाको कार्यलयमा, प्रहरी कार्यालयमा वा जनप्रतिनिधिलाई जानकारी गराउन समेत पालिकाले अनुरोध गरेको छ । यसरी सूचना दिने व्यक्तिको नाम गोप्य राखिने अध्यक्ष शाहको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा