
काठमाडौँ । इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीन लगायत २० देश र त्यस क्षेत्रका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ । पर्यटनमन्त्री सान्डियागा उनोले बिहीबार सो नीतिबारे जानकारी गराउनुभएको हो ।
‘फ्रि भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारहरूमा आधारित छ’ युनोले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँगको भेटपछि पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।
आधिकारिकरूपमा लागू गर्नुअघि सो नियमावलीलाई एक महिना अगाडि नै अन्तिम रूप दिने उहाँले जानकारी गराउनुभएको छ । इन्डोनेसियाले सन् २०२४ मा १ करोड ४० लाख विदेशी पर्यटक भित्र्याउने गर्ने लक्ष्य राखेको छ । यदि त्यसो भएमा देशको अर्थतन्त्रमा २०० ट्रिलियन रुपैयाँसम्म योगदान पुग्नसक्ने अपेक्षा गरिएको छ ।
‘आशा छ हामीले सो लक्ष्यमा पुग्न पर्यटक आगमनको सङ्ख्या बढाउन सक्छौँ । विशेष गरी उच्च खर्च गर्ने पर्यटकहरूलाई लक्षित गरेर स्थानीय अर्थतन्त्र सुधार गर्न सक्छौँ’ युनोले भन्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने