
सर्लाही । मूल्य निर्धारणको माग राख्दै उखु किसान फरि आन्दोलित भएका छन् । चालु यामका लागि उखुको मूल्य निर्धारण र गतवर्ष बिक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै किसान आन्दोलित भएका हुन् ।
गतवर्ष उखु बिक्री गरेबापत राज्यले दिनुपर्ने प्रति क्विन्टल ७० रुपैयाँ मध्ये हालसम्म प्रति क्विन्टल २१ रुपैयाँ मात्रै भुक्तानी भएको र बाँकी प्रति क्विन्टल ४९ रुपैयाँ अनुदान बापतको रकम एथाशीघ्र भुक्तानी गर्नुपर्ने उनीहरुको माग छ ।
चालु यामको लागि उखुको मूल्यप्रति क्विन्टल ७ सय ५० रुपैयाँ कायम गराउनुपर्ने उनीहरुको भनाई रहेको छ । मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले उखुका हरिया लाथ्रा प्रदर्शन गरेर गएको शनिबारदेखि आन्दोलनका कार्यक्रम जारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार चालु यामका लागि उखुको मूल्य ७ सय ५० रुपैयाँ तत्काल तोक्नुपर्ने र गत वर्षको अनुदान बापतको प्रति क्विन्टल ७० रुपैयाँ मध्ये हालसम्म पनि भुक्तानी हुनबाँकी रहेको प्रति क्विन्टल ४९ का दरले ५२ करोड रकम तत्काल भुक्तानी गर्नुपर्ने लगायतका माग किसानको छ ।
नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले चालु यामको उखुको प्रति क्विन्टल मूल्य निर्धारण नभएको र अनुदान बापतको राज्यले दिनुपर्ने बाँकी रकम भुक्तानी नभएको गुनासो गर्नुभयो । उहाँले यस्तो अवस्थामा जिल्लाका उखु उत्पादक किसानले चिनी उद्योग सञ्चालन नगर्नसमेत आग्रह गरेका बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता