
काठमाडौँ । केही दिनदेखि उकालो लागिरहेको सुनको भाउ बिहीबार पनि बढेको छ । सुनको भाउ अघिल्लो दिनको तुलनामा बिहीबार प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन बिहीबार प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको मूल्य बुधबार प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँ थियो । महासंघका अनुसार बिहीबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन बुधबार प्रतितोला एक लाख १७ हजार ८ सय ५० रुपैयाँ थियो ।
चाँदीको मूल्य भने बिहीबार अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४ सय ६० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । चाँदीको भाउ बुधबार प्रतितोला एक हजार ४ सय ८० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह