
बुटवल । बुटवलमा पुस ५ गतेदेखि लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । व्यापार मेला’ रुपन्देही व्यापार संघको आयोजनामा गर्न लागिएको हो ।
व्यापार मेला’मा ५० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य रहेको आयोजकले बताएका छन् । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ नारासहित गर्न लागिएको मेलामा ५ सय भन्दा बढी स्टल रहने व्यापार संघले जनाएको छ ।
व्यापार संघले बुधबार पत्रकार सम्मेलन गरी मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । मेला मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद घिमिरेले मेलामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका स्टल रहने निश्चित भएको बताउनुभयो । अध्यक्ष घिमिरेका अनुसार मेलामा त्यस बाहेक अन्य देशबाट स्टल सहभागी गराउन पहल भइरहेको छ ।
‘अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलको स्थायी संरचनामा पहिलोपटक मेला हुन लागेकाले यसपटक विगतभन्दा स्तरीयता र फरकपन दिन्छौं’ सम्मेलनमा उहाँले भन्नुभयो– ‘मेलामा साना तथा घरेलु उद्योग, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, मोबाइल, सूचना प्रविधि, टेक्सटाइल्स, गार्मेन्ट्स तथा फुटवेयर,फर्निचर तथा फर्निसिङ, निर्माण सामग्री, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था र होटल तथा रेस्टुरेन्टका ‘मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य छ ।’
मेलामा बुद्ध जन्मस्थल लुम्बिनीसहित प्रदेशभित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेका सम्पदा तथा सथलको प्रचारप्रसार समेत गरिने उहाँको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह