
काठमाडौँ । नेपाल धर्म संस्कृति अध्ययन सङ्घ (एएससिआर) नेपालले संस्कृति तथा सम्पदासम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । सङ्घले नेशनल कलेजसँगको सहकार्यमा धर्म, संस्कृति तथा सम्पदाको अनुसन्धानलाई अघि बढाउने उद्देश्यसहित पहिलो राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
सम्मेलन वैशाख ११ र १२ गते नेशनल कलेज, धुम्बाराहीमा हुनेछ । सम्मेलनको उद्देश्य ‘विगत र वर्तमानको समन्वयः सांस्कृतिक अभ्यास र धर्मको बुझाइ’ रहेको नेपाल धर्म संस्कृति अध्ययन सङ्घका अध्यक्ष प्राडा सोमप्रसाद खतिवडाले जानकारी दिनुभयो ।
सम्मेलनमा ३२ जना अनुसन्धानकर्ताले धर्म, संस्कृति, पुरातत्व तथा सम्पदासँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । सम्मेलनले मुलुकभरका नयाँ र अनुभवी अनुसन्धानकर्ता, प्राध्यापक तथा संस्कृतिसँग सम्बन्धित सरोकारवालालाई एकै ठाउँमा ल्याउन सहयोग पुर्याउने प्राडा खतिवडाले जानकारी दिनुभएको छ । युवा अनुसन्धानकर्ताका लागि विशेष रूपमा तयार पारिएको प्राज्ञिक लेखनबारे ११ गतेको पहिलो सेमिनारले सहयोग गर्ने जनाइएको छ । वैशाख १२ गते सम्मेलनका सबै भावमा समूहगत छलफल हुने जनाइएको छ ।
सम्मेलनमा विश्वविद्यालयका प्राध्यापक, शिक्षक, विद्यार्थी र नेपालको मूर्त तथा अमूर्त सम्पदाको अध्ययन, अनुसन्धान र संरक्षणमा आवद्ध विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनका अनुसन्धानमूलक कार्यपत्रलाई कलेजले नियमित प्रकाशन गर्ने जर्नलमा प्रकाशित गरिने सह–आयोजक नेशनल कलेजका प्राचार्य माधव न्यौपानेले बताउनुभयो ।
सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति अच्युतप्रसाद वाग्ले र त्रिभुवन विश्वविद्यालयका पूर्वकुलसचिव पेशल दाहाल प्रमुख वक्ता रहनुहुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने