
कञ्चनपुर । कञ्चनपुरमा महिला स्वास्थ्य स्वयंसेवीकाले घर घरमै पुगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेका छन् ।
राष्ट्रिय अभियानअन्तर्गत ६ महिनादेखि पाँच वर्ष उमेरका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो । अभियानअन्तर्गत वैशाख ६ गतेदेखि ७ गतेसम्म भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार भिटामिन ‘ए’ ३७ हजार पाँच सय ५४ र जुकाको औषधि ३३ हजार ४६ बालबालिकालाई खुवाउने लक्ष्य राखिएको छ ।
‘अभियानको पहिलो दिन खोप केन्द्र र तोकिएका स्थानमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको हो’ उहाँले भन्नुभयो, ‘आज महिला स्वास्थ्य स्वयंसेवीकाले केन्द्रमा नआएका बालबालिकाको घर–घरमै पुगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँछन् ।’
शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका महिला स्वास्थ्य स्वयंसेवीका राजु रानाले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि बिहानैदेखि बालबालिकाको घर घरमा जान थालेको बताउनुभयो । ‘केन्द्रमा थोरै मात्रै बालबालिका आएका छन्’ उहाँले भन्नुभयो– ‘नआएका बालबालिकालाई घरमै खुवाउनका लागि पुग्दै छौँ ।’
भिटामिन ‘ए’ कार्यक्रम सरकारले विसं २०५० देखि अभियनका रुपमा सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने विसं २०५६ देखि बालबालिकालाई खुवाइदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने