
काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक फेरि घटेको छ ।
नेप्से परिसूचक आज एक दशमलव ८८ अंकले ओरालो लागेर २ हजार ६ सय ७५ दशमलव ५१ विन्दुमा आएको छ ।
आजको कारोबारमा सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ अंकले घटेर चार सय ७७ दशमलव १८ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक उकालो लाग्दा आठ उपसमूहको ओरालो लागेको छ ।
कूल एक करोड १६ लाख आठ सय ६९ कित्ता शेयर, ५ अर्ब २२ करोड २४ लाख ८६ हजार ८ सय ५१ रुपैयाँमा कारोबार भएको छ ।
आज नारायणी डेभलपमेन्ट बैङ्कको शेयर मूल्य १० प्रतिशतले बढेको छ । बलेफी हाइड्रोपावर नौ दशमलव ९८, पिपुल्स हाइड्रोपावर कम्पनीको नौ दशमलव १२, समृद्धि फाइनान्स कम्पनीको आठ दशमलव ७९ र राप्ती हाइड्रोका लगानीकर्ताले सात दशमलव ८० प्रतिशतले कमाएका छन् ।
आजको कारोबारमा नेपाल फाइनान्स आठ दशमलव २६ प्रतिशतले, कुथेली बुथेली हाइड्रोपावर आठ दशमलव २३, समाज लघुवित्त वित्तीय संस्था छ दशमवल २१, युनाइटेड मोदी हाइड्रोपावर चार दशमवल शून्य तीन र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य तीन दशमलव ५७ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने