काठमाडौँ । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटडले चेल्सीलाई २-१ ले पराजित गरेको छ । युनाइटडले चेल्सीलाई म्याकटोमिनेको २ गोलले हराएको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा कप्तान ब्रुनो फर्नान्डेजले नवौँ मिनेटमै पेनाल्टी गुमाउँदा युनाइटेडले अग्रता लिने अवसर गुमाएको थियो । तर म्याकटोमिनेले १९औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका हुन् । ।
४५औं मिनेटमा कोल पाल्मरले चेल्सीका लागि बराबरी गोल गरे । तर ६९औं मिनेटमा म्याकटोमिनेले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले २(१ को अग्रता बनायो र त्यही अग्रता कायम राख्दै युनाइटेडले खेल जितेको हो ।
जितपछि १५ खेलबाट २७ अंक जोडेको युनाइटेड छैटौं स्थानमा पुगेको छ । समान खेलबाट १९ अंक रहेको चेल्सी भने दशौँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह