
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएकाहरुसँगको संसदीय सुनुवाइ मंसिरको अन्तिम साता हुने भएको छ । संसदीय सुनुवाइ समितिले न्यायाधीशको लागि सिफारिस भएकाहरुसँग मंसिर २७, २८ र २९ गते हुने सुनुवाइ गर्ने निर्णय गरेका छ ।
न्यायपरिषदको मंसिर ५ गतेको बैठकले सर्वोच्चको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले मंसिर ९ गते उहाँहरुप्रतिको उजुरी आह्वान गरेको थियो । समितिमा ९ वटा उजुरी परेको छ ।
समितिले उजुरीकर्तासँग मंसिर २४ गते छलफल गर्ने र त्यसको ३ दिनपछि न्यायाधीशमा सिफारिस व्यक्तिहरुको सुनुवाइ गर्ने तय गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिनुभयो । सर्वोच्चको न्यायाधीशको लागि सिफारिस भएकाहरुलाई संसदीय सुनुवाई समितिले अनुमोन गरेपछि मात्रै नियुक्तिको बाटो खुल्नेछ । संसदीय सुनुवाई समितिबाट अनुमोदन गरेपछि सर्वोच्चको न्यायाधीश नियुक्ति राष्ट्रपतिले गर्ने संवैधानिक प्रावधान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह