
काठमाडौँ । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले उपरथी सिग्देललाई रथी पदमा बढुवा र नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभएको छ ।
जङ्गी अड्डाले मंसिर १७ गते उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको थियो । रक्षा मन्त्रीले जङ्गी अड्डाको सिफारिस मन्त्रिपरिषदमा पेश गरेपछि सरकारले उपरथी सिग्देललाई बढुवाको निर्णय गरेको हो ।
रथीमा बढुवा भएसँगै प्रभुराम शर्मापछि सिग्देल प्रधान सेनापति हुने निश्चित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह