
काठमाडौँ । प्रहरीले नेपालीलाई क्यासिनो प्रवेश गराउने र रातिमा चोरी गर्नेहरुलाई पक्राउ गरेको छ ।
नेपालीलाई भारतीय कार्ड बनाएर क्यासिनो प्रवेश गराएको आरोपमा प्रहरीले दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ३ घर काठमाडौँ बूढानिलकण्ठ बस्दै आएका गोबिन्द खड्कासहित ३ जनालाई पक्राउ गरेको हो । खड्कासहितका ३ जनालाई मंगलबार पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी काठमाडौं उपत्यकाभित्र विभिन्न ठाउँमा चोरी गर्दै आएका भारतीय केही युवालाई समेत पक्राउ गरेको छ । नागरिक कृष्ण पोदार लाई समेत पक्राउ गरेको छ । प्रहरीले चोरीमा सक्रिय भारत बिहारको समस्तीपुरस्थित मुरातपुर ग्राम घर भई काठमाडौँको तिलगंगा बस्दै आएका २१ कृष्ण पोदार, मोतीहारीका १९ वर्षीय विनोद गिरी र काठमाडौं सीतापाइलाका ३० वषीर्य विक्रम गर्तौलालाई पक्राउ गरेको हो ।
उनीहरुले गौशला स्थित बाल कृष्ण श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहनासहित १३ लाख ५ हजार रुपैया चोरी गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह