
काठमाडौँ । घरेलु टोली यूएईमाथि १९५ रनको फराकिलो जित निकाल्दै बंगलादेशले पहिलो पल्ट एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा २८३ रको लक्ष्य पछ्याएको यूएई २४.५ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो ।
पहिलो पटक यू–१९ एसिया कपको फाइनल पुगेको यूएई बंगलादेशको बलिङसामु धेरै टिक्न सकेन । यूएईका लागि ध्रुव परासरले सर्वाधिक २५ रनको पारी खेले । उनले ४० बलमा २ चौका प्रहार गर्दै अविजित रहे । ओपनर अक्शद रायले ११ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बंगलादेशका लागि मरुफ मिर्धा र रोहानत बोरसोनले समान ३-३ विकेट लिए । इकाबल र जिवोनले २-२ विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर ब्याटर आशिकुर शिब्लीले उत्कृष्ट १२९ रनको शतकीय पारी खेले । उनले १४९ बलमा १२ चौका र १ छक्का प्रहार गरेका हुन् ।
चोभुर रिजवानले ६०, तथा अरिफुल इस्लामले ५० रनको अर्धशतकीय पारी खेले । कप्तान महफुजुर रवीले २१ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यूएईका लागि अम्यान अहमदले सर्वाधिक ४ विकेट लिए । ओमिद रहमानले २ विकेट तथा हार्दिक पाई र ध्रुव परासरले १ १ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने