
दमौली । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग २ ख १४५९ नम्बरको बसले टिप्परलाई उछिन्ने गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।
घाइते हुनेमा तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटेका १० वर्षे असिमा साही, भानु नगरपालिका वडा नं ३ चाम्बासका २१ वर्षे सबिता सुनार, १९ वर्षे सबिना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ का ३० वर्षे प्रदीप गोदार छन् ।
त्यस्तै भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ४० वर्षे सुरन राई, व्यास नगरपालिका वडा नं २ का ३४ वर्षे पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका वडा नं १ का ५२ वर्षे ज्ञानदेवी श्रेष्ठ र २० वर्षे स्नेहा श्रेष्ठ, व्यास नगरपालिका वडा नं २ का २१ वर्षे एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका वडा नं ५ छिम्केश्वरीका ४१ वर्षे पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन् ।
साथै भानु नगरपालिका वडा नं १ साझबोटेका २६ वर्षे बबिता थापा, ३० वर्षे नविन थापा, १२ वर्षे दुर्गा थापा, सात वर्षे नविना थापा, व्यास नगरपालिका वडा नं २ डाङग्रे खोल्सीका ४० वर्षे दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ५० वर्षे सुमित्रा राई, व्यास नगरपालिका वडा नं ११ मूलपानीका ३६ वर्षे जुनु भट्टराई र आठ वर्षे पूर्णिमा भट्टराई छन् ।
घाइतेमध्ये दश जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने