
काठमाडौँ । गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको गीत आज सार्वजनिक गरिएको छ । काठमाडौँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँहरूको गीत सार्वजनिक गरिएको हो ।
गायक सत्यराज आचार्यले चलिरहेको शैलीभन्दा पनि सङ्गीतको माधुर्यतालाई बुझेर गीत तयार गरिएको जानकारी दिनुभयो । “हामीले अडियो तयार गरेर आँखालाई पनि बिझाउनु हुँदैन भनेर श्रव्यदृश्य पनि उस्तै मेहनत गरेर तयार गरेका छौँ । यो गीत हेर्दै गर्दा पक्कै केही भिन्नता र फरक महसुस गर्नुहुन्छ भन्ने लागेको छ”, गायक सत्यराजले भन्नुभयो । ‘पागलपन’ बोलको गीतमा उहाँलाई गायिका अञ्जु पन्तले स्वर दिएर सघाउनुभएको छ ।
अर्को ‘माया’ बोलको गीतमा स्वरूपराज आचार्य र अनु चौधरीले स्वर दिनुभएको छ । गायक आचार्यले सिधैँ रेकर्डिङ स्टुडियो छिरेर गीतमा स्वर दिने परम्परा बढेकाले पुराना गीत झैँ मिठास हराएको बताउनुभयो ।
“मैले यो गीत दुई साता अभ्यास गरेर गाएको हुँ । यसकारण पनि रेडियो नेपालमा रेकर्डिङ हुँदाको समय स्मरण गरे । यो चल्नु पर्ने वा टपक्कै मुखमा झुन्डिने शब्दभन्दा पनि मिठास बोकेको शब्द र सङ्गीत छ”, गायक आचार्यले भन्नुभयो, “गीतकारले बजार निर्देशितभन्दा पनि राम्रो गीत बनाउने प्रयास गर्नुभएको छ । यस्ता सर्जकले गीतसङ्गीतको आयु बढाउने काम गरिरहनु भएको हुन्छ ।”
सार्वजनिक गरिएको दुई गीतमा पदम लोहारले शब्द रचना गर्नुका साथै श्रव्यदृश्यमा अभिनय पनि गर्नुभएको छ । चलचित्र गीतझैँ निर्माण गरिएको श्रव्यदृश्यले दर्शकलाई निराश नबनाउने निर्देशक कविराज गहतराजले बताउनुभयो ।
पत्रकार सम्मेलनमा सङ्गीतकार शम्भुजित बाँस्कोटा, राजन इसान, गायक शिलाबहादुर मोक्तान, सचिन रौनियार, गायिका प्राश्ना शाक्य, निर्देशक आशिफ शाह लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने