
काठमाडौँ । मित्रराष्ट्र चीनले तालिबानका राजदूतलाई मान्यता दिएको छ । ्यो मान्यतासँगै चीन तालिबान सरकारले तोकेका कूटनीतिज्ञलाई अफगानिस्तानका लागि राजदूतको हैसियत दिने पहिलो देश बनेको छ।
चीनले तालिबान सरकारलाई वैध सरकारको मान्यता दिइसकेको बीबीसीले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई मंगलबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको थियो( चीनले तालिबानलाई अफगानिस्तानको वैध सरकारको मान्यता दिएको हो ’ जवाफमा उनले भने, ‘चीन अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बाहिर राख्नु हँदैन भन्ने मान्यता राख्छ।’
जब अगस्ट २०२१ मा अमेरिकी सेना फिर्ता भयो र तालिबान फेरि सत्तामा आयो, काबुलमा आफ्नो दूतावास कायम राख्नेमा पाकिस्तान र रुसपछि चीन तेस्रो देश बनेको थियो। हालै भारतमा रहेका अफगानी दूतावास बन्द गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह