
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशन जेठको पहिलो साता हुने भएको छ । एकीकृत समाजवादीले यसअघि माघको लागि तोकेको महाधिवेशन तयारी अपुग र राष्ट्रियसभा निर्वाचनको कारण जेठको लागि सारेको हो ।
केन्द्रीय सचिवालय बैठकले महाधिवेन आगामी जेठ ५ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ । एकीकृत समाजवादीले यसअघि महाधिवेशन माघ १४ देखि १८ गतेसम्मको लागि तोकेको थियो । तर यसबीचमा माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुने भएपछि महाधिवेशन सारेको हो ।
एकीकृत समाजवादीले दुई दिनसम्म चलेको सचिवालय बैठकको निर्णय अहिले ४ बजे औपचारिक रुपमा सार्वजनिक गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह