
काठमाडौँ । विभिन्न दल निकट विद्यार्थी संगठनले एनसेलको शेयर खरिदबिक्रीमा आशंका गर्दै विरोध जनाएका छन् । एनसेलको शेयर खरिदबिक्रीप्रति सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल निकट विद्यार्थीले विरोध गरेका हुन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट अनेरास्ववियुले शेयर खरिदबिक्रीबारे छानविन हुनुपर्ने माग गर्दै मंगलवार एनसेल कार्यालय अगाडि प्रदर्शन गरेको छ । विद्यार्थीहरुले एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानविन गर, लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरे ।
एनसेलको ८० प्रतिशत शेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रालाइट लिमिटेडले खरिद गरेको छ। त्यसमा कर छली भएका हुन सक्ने टिकाटिप्पणी हुँदै आएको छ ।
त्यस्तै सत्ता गठबन्धन निकट विद्यार्थी संगठनले पनि मंगलबार संयुक्त विज्ञप्ति निकालेर एनसेलको शेयर खरिदबिक्री प्रकरणप्रति विरोध जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह