
काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटलाई सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । रिटबारे मंगलबार पूर्ण इजलासमा सुनुवाइ हुने भनिएता पनि त्यसलाई पछि हेर्न नभ्याइने’ सूचीमा राखिएको हो।
सरकारले गत कात्तिक २७ गते टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा १४ रिट दर्ता भएको छ । सर्वोच्चले ती रिटमाथि मंसिर ५ गते सुनुवाइ थाल्दै कारण देखाउ आदेश जारी गरिसकेको छ । न्यायाधीश विनोद शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश गरेको थियो।
सर्वोच्चले आज ती रिटमा पूर्ण सुनुवाइको मिति तोकिएको थियो। तर ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह