
दैलेख । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चीनसँग सहयोग लिन डराएको बताउनुभएको छ ।
एमाले अध्यक्ष ओलीले लाघाट–चिवाभञ्ज्याङ यात्रा क्रममा सोमबार दैलेखमा ८ राजनीतिक दलले दिएको ध्यानाकर्षपत्र बुझ्दै सरकार चीनको सहयोग लिन हिच्किचाइरहेको टिप्पणी गर्नुभएको हो । ‘अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन’ उहाँले भन्नुभयो– ‘किनभने डराउँछ चीनसँग डराएको होइन, अरु कोकोसँग कहाँकहाँ डराउँछ ।’
प्रमुख प्रतिपक्ष दलका नेता ओेलीले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । ‘अबका पोल्टिकल पार्टीहरुले पोल्टिक्स मात्रै गरेर हुँदैन, विकासका नेता हुनुपर्दछ’ उहाँले भन्नुभयो– उनीहरले विकासको बारेमा जानकारी राख्नुपर्छ । कसर विकास हुनसक्दछ, के हुनसक्छ यस्ता कुरालाई लिएर हामीले सोच्नुपर्छ । यसमा तत्काल काम थालिहाल्नुपर्ने आवश्यकता छ ।’
अध्यक्ष ओलीले विकास अरु देशले आएर नगर्ने भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई विकास निर्माणमा जुट्न निर्देशन समेत दिनुभएको छ । ‘कुनैपनि देश अर्काले आएर बनाइदिँदैन, आफ्नो देश आफैँले बनाउने हो’ उहाँले भन्नुभयो ।
ओलीले नेपालसँग निर्यात गर्ने सामग्री कुनैपनि उत्पादन हुन नसकेको औल्याउनुभयो । ‘आयात बढेको छ, निर्यात छैन, झनै घटिरहेको छ । हामीसँग निर्यात गर्ने वस्तु उत्पादन नै छैन’ उहाँले भन्नुभयो– हाम्रो निर्यात भनेको धेरैजसो नक्कली निर्यात छ । बाहिरबाट सुपारी ल्याउने निर्यात गर्ने । नक्कली निर्यातलाई घटाउने हो भने सक्कली निर्यात वास्तवमा अत्यन्तै कम छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह