
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हैजा फैलिएको छ । महानगरपालिकाको ११, १२, १३ र १६ नम्बर वडामा हैजा संक्रमण फैलिएको हो ।
हैजाको लक्षण देखिएका दुई जना बिरामीको मृत्यु भएको छ । एक जना पोखरिया नगरपालिका– ९ की महिला र वीरगञ्ज महानगरपालिका– १२ का पुरुष बिरामीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा १ सय २९ जना बिरामी उपचाररत छन् ।
हैजा संक्रमण देखिएका ११ ठाउँका पानीका नमूना परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ । शुक्रबार राति महानगरपालिकाको वडा नम्बर १२ स्थित मुर्ली टोलका स्थानीयमा हैजाको संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो । शनिबारसम्म आइपुग्दा महानगरपालिकाका थप चार वडासम्म हैजा संक्रमण फैलिएको हो ।
हैजा प्रकोप समुदायस्तरमै फैलिएपछि वीरगञ्ज महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाको आह्वानमा दुई दिन सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गरिएको हो ।
केही दिनदेखि वीरगञ्जमा बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि वीरगञ्ज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह