
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र काण्डमा पक्राउ परेका हरिप्रसाद कँडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बित भएका छन् । रास्वपाले बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई जिम्मेवारीबाट निलम्बित गरेको छ ।
रास्वपाको केन्द्रीय अनुशासन आयोगका कार्यबाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउनुभएको छ । ‘नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न भनि रूपन्देही जिल्ला प्रहरी कार्यालय प्रकाउ गरिएको सूचना प्राप्त भएको हुँदा विषयमा प्रहरीको आवश्यक छानबिन र अनुसन्धानका क्रममा सहजता पुर्याउने उद्देश्यका साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुन सक्ने गरी हाल तपाईंलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउदैछौं’ कँडेलबारे रिमालले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
चितवनको कालिका नगरपालिका- ५ पदमपुरका कँडेललाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ लगत्तै कँडेलविरुद्ध प्रहरीले कारबाही प्रकृया अगाडि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह