
काठमाडौँ । प्रतिपक्ष दल नेकपा एकीकृत समाजवादीले यही भदौ ९ गते पार्टीको चौथो स्थापना दिवस भव्य रुपमा मनाउने भएको छ । एकीकृत समाजवादीले त्यसको लागि आवश्यक तयारी गरिरहेको छ ।
एकीकृत समाजवादीले भदौ ९ गते पार्टीको चौथो स्थापना दिवस मनाउन मातहतका सबै जिल्ला कमिटीलाई निर्देशन समेत दिएको छ। तत्कालीन नेकपाएमालेसँग वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने उद्देश्यले २०७८ साल भदौ ९ गते नेकपा एकीकृत समाजवादी स्थापना भएको हो।
एकीकृत समाजवादीले देश तथा विदेशमा रहेका जनवर्गीय संगठनलाई पनि दिवस मनाउन आह्वान गरेको हो। पार्टीले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह, पार्टीका जनवर्गीय संगठन र विभिन्न विभाग तथा तहहरूले रचनात्मक कार्यक्रम गरी दिवस मनाउन निर्देशन दिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी गराउनुभएको छ।
पार्टी जिल्ला कमिटीले दिवसका अवसरमा सरसफाइ, वृक्षरोपण, रक्तदान, अन्तक्रिया, स्मारिका विमोचन, शुभकामना आदानप्रदान लगायत कार्यक्रम गर्ने जनाइएको छ। केन्द्रीय कार्यालयले काठमाडौँमा आयोजना गर्ने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिएको छ ।
एकीकृत समाजवादीले त्यस दिन काठमाडौँमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था, चुनौती र कार्यदिशा विषयक गोष्ठीमा आयोजना गरेको छ । गोष्ठीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्व कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नेपाली कम्युनिष्ट आन्दोलनको योगदानबारे प्रस्तुत गर्नु हुने भएको छ
कार्यक्रममा शीर्ष नेताहरूले वामपन्थी शक्तिबीचको ध्रुवीकरण, कम्युनिष्ट नेतृत्वमा आएको वैचारिक विचलन, मुलुकको वर्तमान राजनीतिक अवस्था, कम्युनिष्ट पार्टीका भूमिकाबारे समीक्षा गर्ने कार्यक्रम रहेको समाजवादीले जनाएको छ ।
समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्यसहित पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको हो। कम्युनिष्ट पार्टीहरु विभिन्न पटक फुट्दै र जुट्दै आएका छन् । कम्युनिष्टहरु अहिले पनि टुटफुट भएर विभिन्न समूहमा छरिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह