
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता खोसिए पनि आफू निरन्तर नेकपा एमालेको कार्यकर्ता भएर संघर्षरत रहने स्पष्ट पार्नु भएको छ ।
मदन भण्डारी फाउन्डेशनको हिरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बिहीबार बोल्दै उहाँले च्यासलले उठाएको सदस्यता सम्बन्धी प्रश्नको जवाफ समेत दिनुभएको छ ।
‘मैले सबै कुरा नजिकबाट हेरिरहेको छु । म पनि राजनीतिक दलसँग आबद्ध भएर, हामी शुरु हुँदा नेकपा एमाले भन्ने जन्मिसकेको थिएन’ उहाँले भन्नुभयो, ‘म भोजपुरमा जन्मिएको मान्छे, धनकुटामा रातो झण्डा ग्रुप भन्ने थियो । हामी त्यसको सम्पर्कमा थियौं । विस्तारै कोअर्डिनेशन केन्द्र जन्मियो । त्यो हुँदै माले भयो । माले स्थापनाको पहिलो सन्देश छर्ने काम हामीले भोजपुरमा गरेका थियौं । मैले २०३७ सालमै मालेको सदस्य लिएँ, एमालेको सदस्यता लिएको नै ३५ वर्ष भयो। म अझै पनि एमालेकै कार्यकर्ता हुँ । च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु । ‘पार्टीभित्रका विकृति र विसंगतिविरुद्ध म निरन्तर लडिरहन्छु। नेपाल चन्द्रसूर्य रहुन्जेल म सक्रिय रहन्छु ।’
पूर्वराष्ट्रपति भण्डारीले २०५० सालदेखि निरन्तर सरकारमा सहभागी हुँदै आएको एमालेले पार्टीको नीति र जनअपेक्षा अनुसार काम गर्न सके–नसकेको आत्ममूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ । ‘हिजो २०४६र४७ को आन्दोलनपछि जसरी देशमा एउटा अन्तरिम सरकार बनेको थियो, त्यो सरकारमा पनि यो पार्टीले भाग लिएको थियो । तर त्यसपछि भने चुनावबाट ५० सालपछि निरन्तर यो पार्टी नेकपा एमालले भाग लिइराखेको छ’ उहाँले भन्नुभयो ‘सरकारमा भाग लिनु भनेको आफ्नो पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्न हो । त्यो अनुसार हामीले काम गर्न सक्यौँ कि सकेनौँ ।’
राष्ट्रपति रहँदा देशले गौरव गर्नेगरी भूमिका निर्वाह गरेको दाबी गर्दै उनले आफू आलोचनाबाहिर नरहेको उल्लेख गर्नभयो । ‘जनताको बहुदलीय जनवादको मर्मअनुसार एमालेले काम गर्न सके कि सकेन भन्ने अब समीक्षा हुनुपर्छ,’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह