
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा कारागारमा रहेका रास्वपाका सभापति रवि लामछिानेसँग भेटघाट गर्नुभएको छ ।
माओवादी अध्यक्ष दाहालले बुधबार साँझ नख्खु कारागार पुगेर रास्वपाका सभापति लामछिानेसँग भेटघाट गर्नुभएको हो ।
भेटघाटमा माओवादी अध्यक्ष दाहालले लामछिानेलाई विगतमा भन्दा निकै दुब्लाएको प्रसङ्ग निकाल्नुभएको स्रोतले जनाएको छ । स्रोतका अनुसार पूर्वप्रधानमन्त्री दाहालले कारागार पुगेर रास्वपाका सभापति लामछिानेलाई देख्ने बित्तिकै ‘कठै दुब्लाउनुभएछ’ भन्नुभएको थियो ।
माओवादी अध्यक्ष दाहालले त्यस्तो भनेपछि रास्वपा सभापति लामछिाने भैरहवा कारागारमा हुँदा निकै पीडामा परेकोले आफू दुब्लाएको सुनाएका छन् ।
लामिछानेलाई भेटेर फर्कने क्रममा माओवादी अध्यक्ष दाहालले सञ्चारकर्मीहरुसँग पनि त्यही प्रसङ्ग निकाल्नुभयो । ‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ । यहाँ आएपछि सुधार हुँदैछ । तर, उहाँ दुब्लाउनुभएको छ । उहाँको अनुहारमै देखिन्छ, कमजोर भएको’ कारागारबाट बाहिरिने क्रममा उहाँले भन्नुभयो ।
माओवादी अध्यक्ष दाहालका अनुसार लामिछाने ले भैरहवा कारागारको तुलनामा नख्खुमा आफूलाई धेरै राम्रो भएको समेत जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह