
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अझै पनि नेकपा एमालेकै कार्यकर्ता रहेको प्रष्ट्याउनु भएको छ । पूर्वराष्ट्रपति भण्डारीले सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफूले एमाले सदस्यता नवीकरण गरिसकेकोले पुरानो संगठनात्मक सम्बन्धलाई कसैले खोस्न नसक्ने दाबी समेत गर्नुभएको छ ।
म नेकपा एमालेकै कार्यकर्ता हुँ। एमालेकै तर्फबाट राष्ट्रपति निर्वाचनमा भाग लिएर निर्वाचित भएकी हुँ, आज पनि म त्यही हुँ’ उहाँले भन्नुभयो– ‘पार्टीले औपचारिक रूपमा के निर्णय गरेको छ मलाई थाहा छैन, तर मेरो संगठनात्मक पहिचान एमालेकै हो।’
एमालेको केन्द्रीय समितिले उहाँको सदस्यता खोसेको हल्ला असत्य भएको दाबी गर्दै भण्डारीले भन्नुभयो– ‘३५, ३६ वर्षदेखि पार्टीसँग निरन्तर यात्रा गरेकी हुँ। राष्ट्रपतिको कार्यकाल सकिएपछि पनि मैले सदस्यता नवीकरण गरिसकेको छु। यो अधिकार कसैले खोस्न सक्दैन।’
एमालेले उहाँलाई केवल ‘पूर्वराष्ट्रपति’को हैसियतमा लिने भन्ने विषयमा उनले प्रत्यक्ष टिप्पणी नगरे पनि छलफलका लागि खुला रहेको संकेत गर्नुभयो। राजतन्त्र र गणतन्त्रको तुलनामा प्रतिक्रिया दिँदै भण्डारीले भन्नुभयो– ‘राजा भनेको व्यक्ति हो, तर राष्ट्रपति भनेको पद हो। जनताले निर्वाचित गरेका जोकोही व्यक्ति त्यो पदमा पुग्न सक्छन् र कार्यकालपछि सामान्य नागरिक जीवनमा फर्किन सक्छन्।’
नेपाली कांग्रेसका नेता शेखर कोइरालासँगको भेटघाटबारे उठेको चर्चामा उनले कुनै गुनासो नरहेको बताउनुभयो। ‘हामी पुराना साथी हौँ, भेटघाट हुनु स्वाभाविक हो। देशका शिक्षा, स्वास्थ्य, सुशासन र रोजगारीका विषयमा नेताहरूबीच छलफल हुनु सकारात्मक कुरा हो’ उहाँले भन्नुभयो।
वाम एकताको सम्भावनाबारे सोधिएको प्रश्नमा भण्डारीले तत्कालै बलियो आधार नदेखिएको भए पनि भविष्यमा असम्भव नरहेको प्रतिक्रिया दिनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह