
काठमाडौँ । गौर हत्याकाण्ड छानबिन हुने भएको छ । सर्वोच्च अदालतले गौर हत्याकाण्डमा छानबिन गर्न आदेश दिएको छ ।
२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको चौरमा मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाबीच झडप भएको थियो । झडपमा २७ माओवादी कार्यकर्ता मारिएका थिए । पीडित परिवारले माओवादी कार्यकर्तालाई फोरमले नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाउँदै आएका छन् । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार त्यसबारे छानबिनको काम अघि बढाउन आदेश जारी गरेको हो ।
त्रिभुवन शाह लगायतले गौरहत्याकाण्डबारे छानबिन गरी कारबाही हुनुपर्ने माग राखेर सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । सर्वोच्चले निवेदन सुनुवाई गर्दै छानबिन गर्न आदेश दिएको हो ।
मानवअधिकार आयोगले २०७९ साल पुस १९ गते तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधेशी मुक्ति मोर्चाका महासचिव प्रभु साह, पूर्वजनसरकार प्रमुख विन्देश्वर यादव र मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि ‘हिंसा रोक्न कुनै पहल नगरेको’ मा जिम्मेवारी ठहर्याएको छ । सर्वोच्चको आदेशपछि त्यसबारे समेत छानविन हुन सक्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह