
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन गएर नफर्किएका नेपालीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा जवाफ माग गरेको छ।
आइतबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरू उठेर आपत्ति जनाउँदै विरोधमा उभिनुभयो। सभामुखले समय प्रदान गरेपछि सांसद सुमना श्रेष्ठले बोल्दै सो गम्भीर विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्नुभयो।
उहाँले भन्नुभयो, “सम्माननीय सभामुख महोदय, हामीले लगातार उठाउँदै आएको विषय स्पेनको सेल्भिसको केसले अझ पुष्टि गर्यो— यो विषय कति सान्दर्भिक, गम्भीर र समयसापेक्ष छ भनेर।”
सांसद श्रेष्ठले भ्रष्टाचार र सुशासनको सवालमा चुप लागेर बस्न नसकिने स्पष्ट पार्दै सुशासन आयोगका प्रमुख एवं प्रधनमन्त्रीमाथि प्रश्न गर्दै भन्नुभयो, “भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौँ।”
रास्वपाले नेपाली नागरिकहरूको सुरक्षाको विषयमा सरकार संवेदनशील नदेखिएको भन्दै चासो व्यक्त गर्दै तत्काल जवाफ र कारवाहीको माग गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह