
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध पार्टीकै नेता नवराज सुवेदी निर्वाचन आयोग पुग्नुभएको छ ।
‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजकसमेत रहनुभएका सुवेदीलाई लिङ्देनले अनुशासन समितिको अध्यक्ष पदबाट हटाउनुभएको थियो। सो निर्णयप्रति असन्तुष्टि जनाउँदै सुवेदी आइतबार निर्वाचन आयोग पुग्नभएको हो ।
सुवेदीले आफूलाई पार्टीको विधान विपरीत हटाइएको भन्दै आयोगमा जानकारी गराउनुभएको छ। उहाँसँगै राप्रपाका महामन्त्री धवलशमशेर राणा लगायत अन्य नेताहरूको समेत सहभागिता रहेको थियो।
शनिबार बसेको राप्रपाको इतर समूहको बैठकले लिङ्देनको निर्णयको विरोध गर्ने र सोको औपचारिक उजुरी लिएर निर्वाचन आयोग जाने निर्णय गरेको थियो।
राप्रपामा सुवेदी पक्षले अध्यक्ष लिङ्देनको कदमलाई पार्टीको आन्तरिक लोकतन्त्रविरुद्धको कार्य भन्दै आपत्ति जनाएका छन्।
अब आयोगले उजुरीको अध्ययन गर्दै आवश्यक प्रक्रियाअनुसार अघि बढाउने तयारी गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह