
नुवाकोट । चीनको तिब्बतस्थित लेन्देखोलामा मंगलवार अकल्पनीय रूपमा आएको भीषण बाढीले दुवै देशमा ठूलो क्षति पुर्याएपछि पुनर्निर्माण तथा क्षति मूल्यांकनको काम तीव्र गतिमा अघि बढाइएको छ।
बाढी गएको चार दिनमै चीनले पुनर्निर्माण कार्य सुरु गरिसकेको छ भने नेपालतर्फ रसुवागढी नाका क्षेत्रको सडक तथा अन्य संरचनाको पुनःस्थापना कार्य पनि तेजीमा छ।
बाढीले लेन्देखोलामा पुल, जलविद्युत आयोजना, यातायात, भन्सार भवन र विद्युतीय गाडीहरू तहस(नहस बनाएको छ। सयौं रोपनी जमिन कटान भएको छ।
नेपाल पक्षले रसुवागढी–स्याफ्रुवेशी–रोङ्गा–टिमुरे सडकखण्डमा विशेष ध्यान दिँदै पुनर्निर्माणको काम गरिरहेको छ। जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोकनाथ घिमिरेका अनुसार तीनवटा जेसीबी, एक ब्रेकर र पर्याप्त जनशक्ति परिचालन गरिएको छ। उक्त सडक अधिकतम एक हप्ताभित्र अस्थायी रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भैरहेको छ।
चीनले बाढीपछि उत्पन्न फोहोर तथा मलवा हटाउने कार्य गरिरहेकै बीच नेपाली अधिकारीसँग समन्वय गर्दै पुल तथा सडक पुनर्निर्माणमा चासो देखाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो। चीनले बेलिब्रिज (अस्थायी पुल) राख्ने प्रस्ताव पनि अघि सारेको छ।
रसुवागढी नाकामा भएको बाढीले नेपालतर्फका विद्युत, भन्सार र पूर्वाधारमा अर्बौंको क्षति पुर्याएको छ। रसुवागढी नाकाबाट दैनिक रु एक करोडभन्दा बढी राजस्व संकलन हुने गरेकोमा अहिले यातायात अवरुद्ध छ।
हालसम्म तीन सुरक्षाकर्मीसहित २० जना बेपत्ता छन्, जसमा एक जनाको मात्र शव फेला परेको छ। १२ जना नेपाली र ६ जना चिनियाँ नागरिकसहित १९ जनाको अवस्था अझै अज्ञात छ।
सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरूले स्थलगत अनुगमन गरिरहेका छन् भने चीनले पहिलो चरणमा पहिरो व्यवस्थापन गरी पुनर्निर्माणको तयारी गरिरहेको छ।
नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढीको पुनः सञ्चालनका लागि दुवै देशबीच समन्वयात्मक प्रयास जारी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह