
रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलबार बिहान करिब ३ बजेतिर आएको भीषण बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान सार्वजनिक गरिएको छ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा तीन जना प्रहरी, ६ जना चिनियाँ नागरिक, तीन जना गाडी चालक र अन्य श्रमिक तथा यात्रुहरू रहेका छन्।
यसैबिच, रसुवाकै उत्तरगया गाउँपालिका–५ स्थित उत्तरगयाधामको खोला किनारमा एउटा दाहिने खुट्टा फेला परेको जानकारी पनि डिएसपी थापाले दिनुभएको छ। पहिचान खुलाउन डीएनए परीक्षणको तयारी भइरहेको जनाइएको छ।
हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरी टोली परिचालन गरिएको छ भने उद्धार कार्य जारी छ। यसैगरी, बेपत्ता भएका प्रहरीहरु इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए ।
बेपत्ता ३ प्रहरी
१ प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ
२ प्रहरी जवान मुन्ना ठाकुर
३ प्रहरी जवान लोकेन्द्र बोहोरा
बेपत्ता ९ नेपाली नागरिक
४ फुर्वा लामा
५ गोविन्द मोक्तान
६ लोकमान तामाङ
७ जिपन चौधरी
८ सन्तोष दइत
९ बुद्धिराम थारू
१० लक्ष्मीनारायण थारू
११ सुरेश थारू
१२ नरेन्द्र विक
बेपत्ता ६ जना चिनियाँ नागरिक
१३ यु युइ
१४ ली हुवाछिन
१५ याङ चुआन
१६ यु हाइ हाङ
१७ यु छिआओ छुइ
१८ जोउ योङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह