
काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्थामा भएको छेडखानीको विषयमा छानबिन गर्न गठित विशेष समितिमा रहने सदस्यहरूको नाम टुंगो लागेको छ।
सात सदस्यीय विशेष समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य रहनुभएको छ ।
सभामुख देवराज घिमिरे र प्रमुख पाँच दलका प्रमुख सचेतकबीच भएको छलफलपछि नेपाली कांग्रेसको संयोजकत्वमा समिति गठन गर्ने सहमति भएको थियो। सहमति अनुसार दलहरूले आज सभामुखसमक्ष आफ्नो तर्फबाट सदस्यहरूको नाम पेश गरेका हुन्।
समितिलाई २१ दिनभित्र छानबिन गरेर प्रतिवेदन बुझाउने समय दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह