
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आइतबार बसेको बैठक केही समय तनावपूर्ण बन्यो, जब नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माबीच भनाभन भयो।
बैठकको सुरुवातमै सभापति अम्बरबहादुर थापाले प्रमुख सचेतक घिमिरेलाई बोल्न समय उपलब्ध गराउनुभएको थियो। तर, समितिका सदस्यका रुपमा नभई दलको प्रमुख सचेतकको हैसियतमा समय दिइएको भन्दै सांसद रेखा शर्माले आपत्ति जनाउनुभयो।
शर्माले आपत्ति जनाएपछि सभापति थापाले तुरुन्तै क्षमा माग्दै भन्नुभयो, “माफ गर्नुहोला, ‘सदस्य’ भन्नुपर्नेमा ‘प्रमुख सचेतक’ भनेछु।”
तर शर्माले थप प्रस्ट पार्दै भन्नुभयो, “समितिको बैठकमा कुनै पनि दलका प्रमुख सचेतकको ह्वीप मान्न सकिन्न।”
यसपछि श्यामकुमार घिमिरेले भन्नुभयो, “अपमानित गरेर बोल्न पाइँदैन।”
सांसद शर्माले विद्यालय शिक्षा विधेयक पारित गर्ने भनेर बैठक बोलाइएको भए पनि पछि स्थगनको प्रस्ताव राखिएको भन्दै आपत्ति जनाउनुभयो। उनले कडा भाषामा प्रश्न उठाउँदै भन्नुभयो, “समिति कसको कन्ट्रोलमा छ ?”
यस्तैमा, घिमिरेले फरक मत रहेको भन्दै बैठक छाड्न खोज्नुभयो तर सभापति थापाले उहाँलाई बैठकमै बस्न आग्रह गर्नुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह