
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ शनिबार मध्यराति एक भयावह घटनाले आक्रान्त बन्यो, जब एउटै परिवारका चार सदस्यको हत्या भयो। घटना यति त्रासदीपूर्ण थियो कि गाउँलेहरू स्तब्ध बनेका छन्।
हत्या गर्ने व्यक्ति भोजपुर नगरपालिका–२ हेलौचाका ३० वर्षीय राजेन्द्र राई हुन्। उनले आफ्नी पत्नीसहित ससुरालीका चार जनाको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। मृतकमध्ये १६ वर्षीया मनिषा गिरि उनकी पत्नी थिइन्, जससँग उनले करिब ९ महिनाअघि प्रेम विवाह गरेका थिए। तर, यो अन्तरजातीय विवाह परिवारको स्वीकार्यतामा परेन।
प्रहरीका अनुसार राजेन्द्र केही दिनदेखि ससुरालीमा पत्नी लिन गएका थिए। शनिबार उनी जसरी भए पनि पत्नी लिएर फर्किने अडानमा थिए। तर, ससुराली पक्ष छोरी नदिने अडानमा अडिग रहेपछि विवाद चर्कँदै गएर हिंसात्मक मोड लिएको थियो।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले जानकारी दिँदै भने, “राजेन्द्रको प्रारम्भिक बयानअनुसार विवादको क्रममा ससुराली पक्षले छुरा देखाएर आक्रमण गरेपछि उनले छुरा खोसेर आक्रोशमा चारै जनाको हत्या गरेका हुन्।”
हत्या हुनेमा ६८ वर्षीय ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासू मञ्जु गिरि, ९ वर्षीय सालो सपन गिरि र पत्नी मनिषा गिरि छन्।
घटनापछि राजेन्द्रले आफैं प्रहरी कन्ट्रोलमा फोन गरी भनेका थिए, “मैले मान्छे मारेँ, मलाई लिन आउनू।” उनलाई पनि पेटमा गहिरा चोट लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। प्रारम्भिक बयानमा उनले आफूमाथि छुरा प्रहार भएपछि प्रतिक्रिया स्वरूप हत्या गरेको बताएका छन्।
हाल उनी जिल्ला अस्पताल भोजपुरमा प्रहरी निगरानीमा उपचाररत छन्। गम्भीर अवस्थाका कारण आवश्यक परे थप उपचारका लागि अन्यत्र सिफारिस गरिने प्रहरीले जनाएको छ।
राजेन्द्र भोजपुर सदरमुकाममा डेरा गरी निर्माण मजदुरका रूपमा काम गर्दै आएका थिए। आर्थिक रूपमा सामान्य अवस्थाका उनी विवाहपछि ससुराली पक्षसँग निरन्तर तनावमा थिए। डीआईजी कार्कीका अनुसार, “अन्तरजातीय विवाहपछि परिवारको अस्वीकृति र बढ्दो मनोवैज्ञानिक दबाब नै यस भयावह हत्याको मुख्य कारण देखिन्छ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह