
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै घरको चार जना सदस्यको निर्मम हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौछा बस्ने ज्वाइँ राजेन्द्र राईले ससुराली घरका ससुरा, सासु, श्रीमती र सालोको सामूहिक हत्या गरी आफु पनि छुरा प्रहार गरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राईले ६८ वर्षीया ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासु मन्जु गिरि, १५ वर्षीया श्रीमती मनिषा गिरि र नौ वर्षीय सालो सयन गिरि हत्या गरेको जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपर ल्याउने तयारी भएको छ भने घटनाका कारण घरायसी द्वन्द्व हुन सक्ने प्रहरीको आँकलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह