
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले संघीय निजामती सेवा सम्बन्धी विधेयकको प्रतिवेदन अझैसम्म राष्ट्रिय सभा सदस्यलाई वितरण नगरिएकोप्रति गम्भीर आपत्ति जनाउनुभएको छ।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद भुसालले प्रतिनिधि सभाबाट सन्देशसहित आएको सो विधेयक २०७९ असार १८ गते टेबुल भए पनि अहिलेसम्म प्रतिवेदन नआएमा चिन्ता व्यक्त गर्नुभयो।
उहाँले विधेयकको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार नबनेको भन्ने गम्भीर विवाद उठिरहेको स्मरण गराउँदै, सो प्रतिवेदन नियतवश रोकिएको त होइन भन्ने आशंका व्यक्त गर्नुभयो।
'प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको संघीय निजामती सेवा विधेयक यो सभामा १८ असारमा टेबुल गरिएको हो। तर, आजसम्म पनि त्यसको प्रतिवेदन हामीलाई वितरण गरिएको छैन। समितिको निर्णयअनुसार प्रतिवेदन नबनेको भनेर विवाद उठिरहेका बेला किन वितरण गरिएन भन्ने प्रश्न उठ्छ। यसले विधेयक गायब पार्न खोजिएको हो कि भन्ने थप आशंका पैदा गरेको छ,' सांसद भुसालले भन्नुभयो।
उहाँले प्रतिवेदन रोक्नुको कारण स्पष्ट पार्न सरकारसँग माग समेत गर्नुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह