
जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदीबहिनीको ढुंगा लागेर ज्यान गएको छ।
बिहीबार राति अस्थायी टहरामा सुतिरहेका बेला १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया उनकी बहिनी चमेली बुढाको मृत्यु भएको हो। उनीहरू नरबहादुर बुढाका छोरीहरू हुन्।
वडाध्यक्ष वीरबहादुर बुढाका अनुसार दुवै जना बाख्रा हेरचाह गर्न भूकम्प प्रभावित परिवारका लागि बनाइएको अस्थायी टहरामा सुतिरहेका थिए । त्यतिनै बेला माथिबाट अकस्मात् ढुंगा खसेर लाग्दा घटनास्थलमै ज्यान गएको हो।
घटनापछि गाउँमा शोकको वातावरण छ। स्थानीय प्रशासनले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह