
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश खेमराज भट्टको इजलासबाट बिहीबार उक्त आदेश जारी भएको हो। पाठक निकट स्रोतका अनुसार, उहाँले आजै धरौटी बुझाउने तयारी गरिरहनुभएको छ ।
पाठकले केही समय अघि आफ्नो युट्युब कार्यक्रम ‘टफ टक विथ दिलभूषण पाठक’ मार्फत हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवा सम्बन्धी भिडियो रिपोर्ट सार्वजनिक गर्नुभएको थियो ।
उक्त भिडियो सार्वजनिक भएपछि, पत्रकार पाठकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा दायर गर्दै पक्राउ पुर्जी जारी गरिएको थियो। यद्यपि, उच्च अदालत पाटनले उहाँलाई तत्काल नपक्राउ गर्न आदेश दिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह