
काठमाडौँ । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा अशिष्ट कमेन्ट र गालीगलौज गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राईलाई पक्राउ गरेको हो ।
राईलाई काठमाडौँ जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी भइरहेको ब्युरोका सूचना अधिकृत प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो । गायिका चौहानले यसअघि साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गर्नेविरूद्ध उजुरी दिनुभएको थियो । त्यसमध्ये एकजना समातिएको अवस्थीले जानकारी दिनुभयो ।
पक्राउ परेका राई कवि पनि हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानले हालै आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा उनी शीर्ष २५ स्थानमा पुगेका थिए । एलिनाले अभद्र र अश्लील कमेन्ट गर्नेहरुको कमेन्ट र म्यासेज सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह