
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् बैठक आजपनि बहिष्कार गरेको छ । भिजिट भिसा प्रकरण छानबिनका लागि गठन गरिएको समिति अस्वीकार गर्दै रास्वपा र राप्रपाले सदन बहिष्कार गरेको हो ।
रास्वपा र राप्रपाले अहिले बनेको उच्चस्तरीय छानबिन समितिले लक्ष्यअनुरुप नतिजा दिन नसक्ने भन्दै सदनमा आफ्नो कुरा राखेर सदन बहिस्कार गरेका हुन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिटिज भिसा प्रकरणमा दोषीलाई उन्मुक्ति दिने उद्देश्यले छानबिन समिति गठन गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले अपराधलाई ढाकछोप गर्ने, यो प्रकरणमा मुछिएका १४ गृहमन्त्रीलाई उन्मुक्ति दिने भन्ने उद्देश्यले नयाँ षड्यन्त्र गरिएको जिकिर गर्नुभयो ।
रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक नै सन्देहको घेरामा रहेको बताउनुभयो । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति अस्वीकार गर्ने बताउनुभयो ।
उहाँले यो प्रकरण गम्भीर कुशासन र राजनीतिक प्रकृतिको भएको भन्दै लुट, संगठित भ्रष्टाचार र मानव तस्करीको बिषय भएकाले सरकारको निगाहमा हिजो गठन गरेको छानबिन समिति संगठित अपराधको लाचार छायाँहुने दाबी गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह