
काठमाडौँ । भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानविन गर्नका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानविन समिति गठन गर्ने निर्णय गरेको हो । पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा गठन भएको समितिमा सम्बन्धित मन्त्रालयका सहसचविहरू रहने बताइएको छ ।
गृह, श्रम, संघीय मामिला र परराष्ट्र मन्त्रालयका सहसचिवहरू सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको हो । समितिलाई तीन महिनाको कार्यादेश दिइएको छ । भिजिट भिसा प्रकरणको छानविन गर्नेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच जेठ ३० मा दुई बुँदे सहमति भएको थियो ।
सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानविन समिति वा न्यायिक आयोग माग गर्दै रास्वपा र राप्रपाले संसद्रुमा अवरोध गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह