
काठमाडौँ। इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने इरानले बताएको छ ।
इरानका विदेश मन्त्री अब्बास अराघ्चीले हालसम्म कुनै युद्धविराम सम्झौता नभएको बताएका छन्। उनले इजरायलले आफ्नो ‘गैरकानूनी आक्रमण’ रोकेमा इरानले पनि आफ्नो प्रतिक्रिया रोक्ने उनले बताएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले यो कुरा सामाजिक सञ्जाल एक्स एक्स मार्फत सार्वजनिक गरेका हुन्। इरानले स्थितिलाई थप तनावपूर्ण हुनबाट रोक्न चाहेको संकेत दिएको छ, तर अन्तिम निर्णय अझै हुन बाँकी रहेको स्पष्ट पारेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्ध अन्त्यका लागि युद्ध विराममा सहमति भएको दाबी गरेका थिए। उनले यो सहमति २४ घण्टामा चरणबद्ध रूपमा लागू हुने भनेका थिए।
तर, तेहरानबाट आएको इरानी धारणा ट्रम्पको भनाइसँग पूरै मेल नखाएको समाचारमा उल्लेख छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह