
रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ६ र वडा नं ७ जोड्ने ठेडिखोला नजिकैको तामाकोसी नदिमा बनेको मोटरेबल पक्की पुल फेरी भाँचिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको उक्त पुल आइतबार बिहान भाँचिएको हो ।
यस अगाडि उक्त पुल गत बैशाख २५ गते पनि भाँचिएको थियो । वैशाख महिनामा पुलको केही भाग मात्र भाँचिएको भए पनि अहिले भने पुलको चार वटा स्पान मध्ये बिचको स्पान पुरै भुईँमा खसेको छ । सडक विभागले २२ करोड ५५ लाखको लागतमा निर्माण गरिरहेको उक्त पुलको अन्तिम स्पान भाँचिएको छ ।
कालिका–कल्पवृक्ष जेभि निर्माण कम्पनीले निर्माण कार्य गरिरहेको उक्त पुल २ सय ३० मिटर लामो रहेको छ । गत वैशाख महिनामा भाँचिएको स्पानको मर्मतको काम भइरहेको बेला सोही स्पान फेरी पूर्ण रूपमा भाँचिएको हो ।
०७८ सालबाट निर्माण शुरु गरिएको यो पुल यही असार मसान्त सम्ममा सक्ने गरी निर्माण भइरहेको थियो । ४ वटा स्पान भएको सो पुलको चौथो स्पान भाँचिएको हो । पुल भाँचिनुको कारण थाहा भएको छैन । निर्माण कम्पनीले पुल भाँचिनुको कारणका बारेमा प्राविधिक टोली ल्याएर परीक्षण गर्ने बताएको छ । उक्त पुल निर्माण पछि रामेछापको मन्थलीबाट काठमाडौँ र तराई जानका लागि छोटो दुरी पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह