
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा बैठकमा आज पनि वेल घेराउ र नाराबाजी गरेको छ।
प्रतिनिधि सभा बैठक शुरू हुनेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाको सांसद असिम साहलाई बोल्न समय दिनुभयो । सांसद साहले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्नुभयो ।
उहाँले मुलुकमा ‘लुटको सिन्डिकेट’ खडा गरिएको आरोपसमेत लगाउनुभयो ।
त्यसपछि सभामुखले राप्रपाका सांसद धवल शमशेर राणलाई बोल्न समय दिनुभयो । उहाँले गत चैत १५ गते तीनकुनेमा राज्यकै कारण दुई जनाको मुत्यु भएको र निजी घरहरूमा तोडफोड र आगजनी भएको आरोप लगाउनुभयो ।
राप्रपाका सांसद राणा बोलिसकेपछि रास्वपाले वेल घेराउ र नाराबाजी गर्न थाल्यो। प्रतिनिधि सभामा अहिले बजेटमाथिको छलफल भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह