
काठमाडौँ । सुन तस्करी मुद्दामा फरार रहेकी रोल्पाकी अमला रोक्कालाई प्रहरीले पक्राउ गरेको छ । तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नीसमेत रहेकी रोक्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
रोक्कालाई टोखाबाट नियन्त्रणमा लिइएको ब्युरोका एसएसपी होबीन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार उरोक्कालाई आइतबार अदालत उपस्थित गराइने छ ।
उहाँ ६१ केजी अवैध सुन तस्करीको मुद्दामा अनुसन्धान शुरु भएपछि फरार हुनुहुन्थ्यो । प्रहरीले अमला रोक्काविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो । उहाँलाई फरार सूचीमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही अनुसन्धानमा दावा छिरिङ र अन्यलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दा अदालतमा विचाराधीन छ ।
अमला काठमाडौंको ठमेलस्थित होटेल भियनाकी सञ्चालक समेत हुनुहुन्छ । उहाँ माओवादी केन्द्र निकट रोल्पा काठमाडौं सम्पर्क मञ्चको पनि पूर्वउपाध्यक्ष हुनुहुन्छ । रोका तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको घरमा देखिएको र त्यसपछि उहाँ फरार हुनुभएको थियो । उहाँ भागेर भारत पुगेको बताइए पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह