
काठमाडौँ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका दुई न्यायाधीश न्यायपरिषदमा तानिएका छन् । न्यायाधीश खुसीराम थारू र अर्जुन महर्जन बिहीबार न्यायपरिषद् तानिएका हुन् ।
उनीहरूलाई न्यायपरिषदमा तानेर अहिले उपस्थित गराइएको न्यायपरिषद् स्रोतले जनाएको छ । न्यायधीश थारूसहितको इजलासले गत १४ जेठमा कांग्रेस नेता अफताब आलमसहितलाई सफाइ दिने फैसला गरेको थियो। सोही फैसलाको विरोधमा यसरी इजलासभित्रै न्यायाधीशमाथि दुर्व्यवहार भएको हो ।
न्यायाधीश थारू र महर्जनमाथि न्यायपरिषदमा उजुरी परेको छ । रौतहट बम काण्डमा मृत्यु भएका भनिएका पिन्टु सिंहका पिता श्रीनारायण सिंह र युवराज सफलले दुवै न्यायाधीशउपर छानबिनको माग गरेका छन् । साथै यस विषयमा कानुनमन्त्रीसमेतको संलग्नता रहेकाले उनको कल डिटेल जाँच्न पनि माग भएको छ । कानुन व्यवसायीहरूको संगठन र संसदमा समेत उक्त फैसलामा कानुनमन्त्री जोडिएको भन्दै छानबिन गर्ने विषय उठेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह