
काठमाडौँ । ललितपुरस्थित मितेरी सहकारीको करोडौं रकम अपचलन गरी फरार भनिएका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरी नेपाल ल्याइएको छ।
भण्डारीलाई बुधबार राति १० बजे नेपाल ल्याइपुर्याएको प्रहरीले जनाएको छ। उहाँले मितेरी सहकारीको ३ करोड ४४ लाख रूपैयाँ अपचलन गरेको आरोप छ।
प्रहरीले भण्डारीसहित नेपाली कांग्रेसका सांसद तथा उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङविरूद्ध रेड कर्नर नोटिस जारी गरेको थियो। ज्योति गुरूङले उक्त सहकारीको ६ करोड रूपैयाँभन्दा बढी अपचलन गरेको आरोप छ।
रेड कर्नर नोटिसका आधारमा भण्डारी कम्बोडियामा पक्राउ परेपछि नेपाल प्रहरीको टोली लिन गएको थियो। प्रहरीले इन्टरपोलमार्फत् भण्डारीलाई नेपाल फिर्ता ल्याउन प्रक्रिया अघि बढाएको थियो।
मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरिरहेको छ। यसमा भण्डारीलाई पक्राउ गरेर नेपाल फिर्ता ल्याएपछि सिआइबीको जिम्मा लगाउने तयारी छ।
भण्डारीले सहकारीबाट क्रिप्टोमा लगानी गर्ने भन्दै रकम लगेको सिआइबीको अनुसन्धानमा देखिएको थियो। उहाँ यस ठगी प्रकरणका प्रमुख आरोपी हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह