
काठमाडौँ । काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार नियमित कार्यालयमा हाजिर हुनुभएको छ ।
उच्च अदालत पाटनले उहाँलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि पाण्डे कार्यालयमा उपस्थित हुनुभएको हो । बुधबार न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेलाई निलम्बनसम्बन्धी निर्णय कार्यान्वयनमा नराख्न अन्तरिम आदेश दिएको थियो।
उक्त आदेशपछि पाण्डेले बिहीबार महानगर प्रहरी कार्यालयमा पुगेर पुनः जिम्मेवारी सम्हाल्नु भएको छ । अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म पाण्डेलाई यथावत् रूपमा प्रहरी प्रमुखको जिम्मेवारीमै रहन दिन आदेश दिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह