
काठमाडौँ । प्रहरीको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकलाई प्रहरीकोमा उपस्थित हुन आउनु भन्दै सूचना जारी गरेको छ । साइबर ब्युरोले विद्युतीय कारोबार ऐनअन्तर्गत अदालतमा मुद्दा दायर गरेर पाठकलाई पक्राउ अनुमति लिएको थियो ।
ब्युरोको सूचनामा भनिएको छ– "पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भइ अनुसन्धान कार्यमा सहयोग पुर्याइदिनु हुन अनुरोध गरिएको छ ।"
उच्च अदालत पाटनले पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न सोमबार अन्तरिम आदेश दिएको थियो । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले सोमबार पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आफूविरुद्ध जारी पक्राउ पुर्जी गलत कानुन लगाई र गलत नियतका साथ जारी भएको भन्दै पाठकले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह