
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई सदनबाट निष्कासन गर्न माग गरेको छ। सोमबार प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा सांसदले मर्यादित पोसाक नलगाएको भन्दै सदनबाट निष्कासन गर्न माग गर्नुभएको हो ।
घिमिरेले भन्नुभयो, ‘यो संसदमा केही माननीय सदस्यहरूले जुन स्कार्फ लगाएर आउनुभएको छ, यो मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन ? भोलि कोही हाफपाइन्ट मात्र लगाएर आउने, कोही जथाभावी ड्रेसमा आउने गर्न थाल्यो भने संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ?’
रास्वपा सांसदहरूले आज संसदमा निलो रिबन लगाएर मानव तस्करीको विरोध गरेपछि घिमिरेले पोसाक अमर्यादित भएको भन्दै सांसदहरूलाई निष्कासनको माग गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह